सीको स्वागतका लागि १८ प्रकारका तरकारी र फलफूलबाट बनेको स्वागतद्वार तयार | Khabarhub Khabarhub

सीको स्वागतका लागि १८ प्रकारका तरकारी र फलफूलबाट बनेको स्वागतद्वार तयार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर बैठकका लागि आज भारत जाँदैछन् ।

उनी स्थानीय समय अनुसार दिउँसो दुई बजे चेन्नाइमा अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सीको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहान चेन्नाइ पुगेका छन् ।

चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ ।

मोदीसँगको शिखर बैठक सकिएपछि सी नेपाल भ्रमणका लागि आउने छन् । सी शनिवार नेपाल आउने छन् ।

सी को स्वागतका लागि फलफूगको गेट

भारत भ्रमणमा आउने भएसँगै सीको स्वागतका लागि भव्य तयारी गरिएको छ । ठाउँठाउँमा पार्कहरु निर्माण गरिएका छन् ।

यस्तै तामिलनाडुको बागवानीले सीको स्वागतका लागि तरकारी र फलफूलले बनेको विशेष प्रकारको गेट नै निर्माण गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार करिब २०० कर्मचारीले १० घन्टा लगाएर फलफूल र तरकारीले बनेको गेट निर्माण गरेका हुन् ।

जहाँ १८ किसिमको फलपूलको प्रयोग गरिएको छ ।

उक्त फलफूल र तरकारी प्रदेशका विभिन्न भागबाट ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ४३ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले