चिनियाँ ऋणको जालमा फस्ने सम्झौताहरु नगर्न सरकारलाई सुझाव « Khabarhub

चिनियाँ ऋणको जालमा फस्ने सम्झौताहरु नगर्न सरकारलाई सुझाव


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा ‘चिनियाँ ऋणको जालमा फस्ने खालका सम्झौताहरु नगर्न’ पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले सुझाव दिएका छन् ।

सी नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार बोलाएको पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलका क्रममा उनीहरुले जालमा फस्ने खालको सम्झौताहरु नगर्न सुझाव दिएको बताएका हुन् ।

छलफलमा सहभागी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले दिएको सुझावलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।
सी भ्रमणका क्रममा सरकारले गर्नुपर्ने ६ काम उल्लेख गर्दै उनले सरकारलाई सुझाव दिएका छन् ।

चीनसँग रेल, सडक आदि सञ्जाल विस्तारमा जोड दिने, रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली गण्डकी कोशी कोरिडोरलाई प्राथमिकता दिने सुझाव दिएको उल्लेख छ ।

छलफलमा सहभागीहरूका अनुसार नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले पनि त्यस्तै खाले सुझाव दिएका थिए ।

उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत सहभागी थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ०१ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त