चिनियाँ ऋणको जालमा फस्ने सम्झौताहरु नगर्न सरकारलाई सुझाव | Khabarhub Khabarhub

चिनियाँ ऋणको जालमा फस्ने सम्झौताहरु नगर्न सरकारलाई सुझाव


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा ‘चिनियाँ ऋणको जालमा फस्ने खालका सम्झौताहरु नगर्न’ पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले सुझाव दिएका छन् ।

सी नेपालको दुई दिने राजकीय भ्रमणमा आउनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार बोलाएको पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलका क्रममा उनीहरुले जालमा फस्ने खालको सम्झौताहरु नगर्न सुझाव दिएको बताएका हुन् ।

छलफलमा सहभागी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले दिएको सुझावलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।
सी भ्रमणका क्रममा सरकारले गर्नुपर्ने ६ काम उल्लेख गर्दै उनले सरकारलाई सुझाव दिएका छन् ।

चीनसँग रेल, सडक आदि सञ्जाल विस्तारमा जोड दिने, रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली गण्डकी कोशी कोरिडोरलाई प्राथमिकता दिने सुझाव दिएको उल्लेख छ ।

छलफलमा सहभागीहरूका अनुसार नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले पनि त्यस्तै खाले सुझाव दिएका थिए ।

उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत सहभागी थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १ : ०१ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला