बजार अनुगमन नहुँदा रोल्पाका उपभोक्ता मारमा « Khabarhub

बजार अनुगमन नहुँदा रोल्पाका उपभोक्ता मारमा


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– रोल्पामा लामो समयदेखि स्थानीय बजारहरु अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन् ।

स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा व्यावसायीहरुले दैनिक उपभोग्यका सामाग्रीहरुमा कृतिम अभाव सृजना गरि चर्को मूल्यमा बिक्रीवितरण गरिरहेका छन् । जसका कारण उपभोक्ता ठगिएका छन् ।

प्रशासनले वेवास्ता गर्दा व्यापारीको मोनोपोली बढेको र उपभोक्ता मारमा परेको उपभोक्तावादीहरुको भनाइ छ ।

बजारमा पसल पिच्छे एउटै सामाग्रीको मूल्य फरक फरक भएको , खरिद मुल्यमा ५० प्रतिशतसम्म रकम थप गरेर उपभोक्तासँग लिने गरेको पाइएको छ । तर त्यसको अनुगमन सरकारी तवरबाट हुन सकेको छैन ।

उपभोग मितिको म्याद नाघेका उपभोग्य सामग्रीहरु उपभोक्ताहरुलाई बिक्रीवितरण गर्ने गरिएको भएपनि व्यापारीमाथि कुनै कारवाही हुने गरेको छैन ।

स्थानीय सरकार गठन भएसँगै उक्त अधिकार स्थानीय सरकारमा पनि रहेको छ । तर स्थानीय सरकारले यसबारेमा चासो नलिँदा उपभोक्ता मारमा परेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ३ : ५२ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले