वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद « Khabarhub

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा भेटिएको एउटा भारतीय कारबाट चार थान पेस्तोल र ६ वटा गोली बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको मोबाइल टोलीले शङ्कास्पद रूपमा रोकिराखेको युपी १६ एजे ३३०१ नम्बरको भारतीय कार चेकजाँच गर्दा बोराभित्र लुकाइराखेको अवस्थामा हातहतियार फेला पारेको हो।

कारबाट २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ती पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली बरामद भएको छ।

बरामद गरिएका हातहतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ११ : ३४ बजे

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले