रोशनी शाहीको नयाँ विज्ञप्ति– महरा निर्दोष, प्रहरीले बन्धक बनाएर जाहेरी दिन लगायो « Khabarhub

रोशनी शाहीको नयाँ विज्ञप्ति– महरा निर्दोष, प्रहरीले बन्धक बनाएर जाहेरी दिन लगायो


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको किटानी जाहारी दिएकी रोशनी शाहीले आफूलाई बन्धक बनाएर जाहेरी दिन लगाएको आरोप लगाएकी छिन् ।

शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै शाहीले आफूलाई प्रहरीले बन्धक बनाएर किटानी जाहेरी दर्ता गर्न लगाएको आरोप लगाएकी छिन् ।

आफूले असोज १५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्य तथ्य बताउँदै असोज १२ गते महरा आफ्नो कोठामा नआएकोले बलात्कार प्रयासको कुरै नभएको र महरा निर्दोष भएको उल्लेख गरेको निवेदन दर्ता गराएको भएपनि असोज १७ गते करिब ८ः४५ बजे प्रहरी वृत्त बानेश्वरले सोधपुछका लागि भनेर बोलाई ९ घन्टा बन्धक बनाएको उनको आरोप छ ।

विज्ञप्तिमा उनले लेखेकी छिन्,‘९ घन्टासम्म बन्ध बनाइ मनोवैज्ञानिक तथा मानसिक दबाब दिएर कृष्णबहादुर महराले करणी प्रयास गरेको फेरि निवेदन दर्ता गर्ना लगाइएको हो ।’

उनले अगाडि लेखेकी छिन्,‘सत्य तथ्य निवेदन मैले १५ गते दर्ता गराएको नै हो । सत्य तथ्य जानकारी गराउन पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि देशैंको कारण सम्भव भएन ।’

१९ गते पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि प्रहरीको कडा निगरानीका कारण सम्भव नभएको उनको भनाइ छ ।

आफ्नो शारीरिक अवस्थाको फाइदा उठाउँदै आफू एक्लै भएको बेलामा जबरजस्ती कोठामा आइ अन्तर्वार्ता लिइएको र अनुमति विना सामाजिक सञ्जालमा राखेर बेइजत गर्ने कार्य गरेको भन्दै पत्रकारमाथि पनि आक्रोश पोखेकी छिन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ५ : ०६ बजे

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका