सीको स्वागतका लागि माइतीघरमा आउन कर्मचारीलाई सरकारको उर्दी « Khabarhub

सीको स्वागतका लागि माइतीघरमा आउन कर्मचारीलाई सरकारको उर्दी


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चीनफिङको स्वागतमा खटिन निजामती कर्मचारीलाई सरकारले उर्दी जारी गरेको छ ।

सीको स्वागत र विदाइका बेला कर्मचारीलाई सडकमा खट्न सरकारले  उर्दी जारी गरेको हो ।  निजामती पोसाकमै शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ः१५ बजे कर्मचारीहरुलाई बोलाइएको छ ।

नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म कर्मचारीहरु खटिनेछन् । कर्मचारीहरु आए नआएको अनुगमन समेत गरिने जनाइएको छ । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारले आइतबार सार्बजनिक बिदा समेत दिएको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिनेछ ।

आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । भेटमा द्वीपक्षीय हितका साथै विभिन्न सम्झौता हुनेछन् । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ११ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले