सीको सवारी हुने सडकमा सर्वसाधारणलाई रोक « Khabarhub

सीको सवारी हुने सडकमा सर्वसाधारणलाई रोक


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भव्य स्वागतको तयारी गरिरहेको बेला सर्वसाधारणले भने सास्ती खेप्नुपर्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटोमा सर्वसाधारणलाई हिड्न पूर्णरुपमा बन्द गरिनेछ । कुन सडक कतिबेरसम्म बन्द हुने भन्ने विषयमा भने ट्राफिक प्रहरीले अहिलेसम्म जानकारी दिएको छैन ।

महानगरीय ट्राफिक महाशाखाले बन्द हुने सडकको तालिका निकाल्ने जानकारी दिएको छ । राष्ट्रपति सी हिँड्ने एयरपोर्ट, शितलनिवास, सोल्टी होटल लगायतका ठाउँमा जाँदा उक्त समय सहायक सडकको प्रयोग सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको अनुरोध

शनिबारदेखि हुने चिनियाँ राष्ट्रपतिको दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले यही असोज २५ र २६ गते ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेशमा रोक लगाएको छ । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

विमानस्थल ६ घण्टा बन्द

चिनियाँ राष्ट्रपति नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । उनी नेपाल आउँदा तीन घण्टा र फर्किँदा तीन घण्टा गरी ६ घण्टा विमानस्थल बन्द हुने भएको हो । सो समयमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान ठप्प हुनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालले सी आउँदा–जाँदा तीन–तीन घण्टा अरू सबै उडान बन्द हुने जानकारी दिएका हुन् ।

सी भ्रमणको कार्यतालिका

चिनियाँ राष्ट्रपति सी शनिबार नेपाल आउँदै छन् । नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ ।

विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय हुने भएको छ । तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । यी भेटवार्तापछि साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिनेछ ।

आइतबार बिहान १०ः३० बजे सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यस्तै ११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । भेटमा द्वीपक्षीय हितका साथै विभिन्न सम्झौता हुनेछ । राष्ट्रपति सी आइतबार १ बजे स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ४४ बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको