चिनियाँ राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ « Khabarhub

चिनियाँ राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समयमा विरोध प्रदर्शन गर्नसक्ने आशंकामा समाजवादी पार्टीकी एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ राष्ट्रपति सी को २ दिने असन्न नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनिता शाहलाई पक्राउ गरेको हो ।

अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी जिल्ला अध्यक्ष समेत रहेकी साहलाई प्रहरीले शुक्रबार सप्तरीस्थित उनकै निवासबाट पक्राउ गरेको हो
। सप्तरीका एसपी कृष्ण प्रसाईंले महानगरीय प्रहरी वृत्त कमलपोखरीले पत्राचार गरेकाले उनलाई पक्राउ गरिएको बताए।

कमलपोखरी वृत्तमा रहेको पुरानो मुद्दाका सन्दर्भमा पक्राउ गर्न पत्र आएपछि नेतृ साहलाई पक्राउ गरिएको एसपी प्रसाईंले बताए ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको प्रदर्शनमा कमलपोखरी वृत्तले नेतृ साह लगायत १० जनालाई पक्राउ गरेको थियो। सोही क्रममा साहविरुद्ध पनि अभद्र व्यहारको मुद्दा चलाइएको थियो ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा पनि पुनः प्रदर्शनमा सहभागी हुनसक्ने आशंकाका बीचमा साहलाई पुरानो मुद्दामा जोड्दै पक्राउ गरिएको जनाइएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : १३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग