बलात्कृत बालिकाको उपचार खर्च सरकारले व्यहोर्छ : मन्त्री थापा « Khabarhub

बलात्कृत बालिकाको उपचार खर्च सरकारले व्यहोर्छ : मन्त्री थापा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छिन् ।

बलात्कारका कारण गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री थापाले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएकी हुन् ।

“बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यर्होछ र बलात्कारीको पहिचान गरी कडाभन्दा कडा कारवाही हुनेछ”, थापाथलीस्थित प्रसूतिगृहमा बालिकालाई भेटेपछि मन्त्री थापाले भनिन् ।

बौद्विक अपाङ्गता भएकी अछाम रामारोशनकी ती बालिका घाँस, दाउरा काट्न गएको बेला जबर्जस्ती करणी परी गर्भ रहन गएको आफन्तले बताएका छन् । कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा दुई हप्ताअघि गर्भवती भएको थाहा भएपछि थापाथलीस्थित प्रसूति बालिकाको पाँच महिनाको गर्भपतन गराइएको थियोे ।

अस्पतालका निर्देशक डा जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनको गर्भपतन गराएको हो । बालिकालाई केही समय आराम गर्नुपरेकाले र मनोपरामर्शको पनि आवश्यकतापर्ने भएकाले केही समय काठमाडौँमै राखेर उपचार गरिने मन्त्री थापाको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ४२ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको