संसारका सबैभन्दा प्रदुषित राजधानीको सातौं नम्बरमा काठमाडौं ! « Khabarhub

संसारका सबैभन्दा प्रदुषित राजधानीको सातौं नम्बरमा काठमाडौं !


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो केही हप्तादेखि भारत वायु प्रदुषणको चपेटामा परेको छ । अत्याधिक प्रदुषणपछि स्वास्थ्य संकटकाल नै घोषणा गरिएको थियो । दिल्लीको प्रदूषणले पुनः एक पटक एशियाली शहरहरूको हावाको गुणस्तरको चर्चा हुन थालेको छ ।

पछिल्ला केही दशकदेखि चीनको राजधानी बेइजिङ विषाक्त हावाका लागि चर्चित छ तर ‍तथ्याङ्कले भने भारत, पाकिस्तान र बाङ्ग्लादेशको हावाको गुणस्तर चीनको भन्दा नराम्रो रहेको देखाउँछ ।

 विश्वका सबैभन्दा प्रदूषित ३० शहर मध्ये २२ भारतमा

आइक्यू नामक युरोपेली संस्थाले गरेको अनुसन्धानका अनुसार विश्वका सबैभन्दा प्रदूषित ३० शहर मध्ये २२ भारतमा पर्ने बीबीसीले उल्लेख गरेको छ । बाँकी आठ सहर पाकिस्तान, बांग्लादेश र चीनमा पर्छ । तर त्यसमा बेइजिङ भने पर्दैन ।

प्रदूषणका हिसाबले बेइजिङ १२२औँ स्थानमा छ। राजधानीहरूकै कुरा गर्ने हो भने पनि सबैभन्दा प्रदूषित शहरहरूमा एशियाली मुलुकहरूका राजधानी पर्छन् ।

देशहरूमा सबैभन्दा अगाडि बाङ्ग्लादेश छ। पाकिस्तान र भारतले त्यसपछिको स्थान ओगटेका छन् ।

यो सूची वार्षिक औसत वायु गुणस्तरमा आधारित छ ।  यी देशहरूमा प्रदूषण मापन गर्ने फरक आधार र सार्वजनिक गरिएको डेटाको पारदर्शितामा भिन्नता भएका कारण उक्त तथ्याङ्कलाई सङ्केतका रूपमा बुझ्न जरुरी छ ।

यी हुन् संसारका सबैभन्दा प्रदुषित सहर

वर्ल्ड एअर क्वालिटी रिपोर्टका अनुसार दिल्ली पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा ढाका तस्रोमा काबुल चौथोमा मनामा पाँचौमा उलानबटार छैठौंमा कुवेत सातौंमा काठमाडौं आठौमा बेइजिङ नवौंमा आबुधावी १० औमा जाकर्ता ११औमा काम्पाला १२ मा होनोइ १३ मा इस्लामावाद रहेका छन् ।

शहरी क्षेत्रमा सवारीसाधन, धेरै इन्धन खपत गर्ने पावर प्लान्ट र ठूला उद्योग प्रदूषणका प्रमुख कारण मानिन्छ ।

भारतमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतका ठूटा र खोस्टामा आगो लगाउने गरेका छन् । त्यस्तो गतिविधि धेरै जसो शरद् ऋतुमा गरिन्छ।

“भारतमा धेरै प्रदूषण हुनुको प्रमुख कारण किसानहरूले लगाएको आगो नै रहेको जस्तो देखिन्छ,” लन्डन स्कुल अफ इकोनोमीक्सका सहायक प्राध्यापक टमस स्मिथ बताउँछन् ।

“यो कुरा चीनले सल्टाइसकेको छ। चीनमा खेतका ठूटा र खोस्टा जलाउन पूर्णरूपमा बन्द गरिएको छ।” प्रदूषण गम्भीर रूपमा बढेपछि भारतको सर्वोच्च न्यायालयले दिल्ली र आसपासका अन्य दुई राज्यमा आगो लगाउन प्रतिबन्ध लगाएको छ । तर जाडो मौसमका कारण चिसिएको हावा र बाक्लो तुवाँलोले वायुमा रहेका हानिकारक कणलाई अड्काइ राखेको छ ।

प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : १२ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र