जापानी राजदम्पत्ती राजकीय परेडमा सहभागी « Khabarhub

जापानी राजदम्पत्ती राजकीय परेडमा सहभागी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय परेड आइतबार सम्पन्न भएको छ ।

गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राज परम्परा अनुसार हुने कवाजसहितको परेड दरबारबाट करिब ४.६ किलोमिटरको दुरी पार गरी राजदम्पत्तीको निवासमा पुगी सम्पन्न भएको हो ।

आइतबारको कार्यक्रममा हजारौँ नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गरेका दृष्यहरू जापानी टेलिभिजन एनएचकेले प्रत्यक्ष देखाएको थियो ।

समारोहमा प्रधानमन्त्री सिन्जो आवे, राजकुमार अकिसिनोलागायतका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

शहरका सडकका दुई किनारामा बसेका नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गर्न पाउँदा निकै खुशी देखिएका थिए ।

राजकीय जुलुसमा नागरिकद्वारा राजदम्पत्तीलार्ई स्वागत गर्ने जापानी परम्परा हो । यससँगै गद्दी आरोहणका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

राजगद्दी आरोहणका अन्य औपचारिक कार्यक्रम यस पहिले नै सम्पन्न भइसकेपनि जापानमा करिब ८० जनाको ज्यान जानेगरी गत महिना आएको आँधीका कारण परेड तथा राजकीय जुलुस स्थगित गरिएको थियो ।

शनिबार राति राजदरबारमा एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बीस हजार पाहुनालाई आमन्त्रण गरिएको कार्यक्रममा छब्बीस हजार दर्शक सहभागी भएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : ३८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब