सीमा अतिक्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग संसदीय समितिले आज छलफल गर्दै « Khabarhub

सीमा अतिक्रमणबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग संसदीय समितिले आज छलफल गर्दै


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज छलफल गर्दैछन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिको बैठकमा छलफलका लागि बोलाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले सीमा अतिक्रमण र भारतीय नक्साका विषयमा शनिवार सर्वपक्षीय छलफलको आयोजना गरेका थिए । उक्त छलफलमा सहभागी पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कुटनीतिज्ञले कालापानी नेपालको भएको र भारतसँग देखिएको सीमा विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरि प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सीमाका विषयमा छलफल गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज समिति बैठकमा बोलाएको छ।

आज ११:३०बजे बस्ने बैठकमा कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेक विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गर्ने यो समितिको कार्यसूची रहेको छ । परराष्ट मन्त्रालयले सीमाका बिषयमा अडान राख्दै विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : ३७ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको