हेलिकोप्टर चढेर गोसाइँकुण्ड पुग्दा नेकपा नेताहरुको आलोचना ! | Khabarhub Khabarhub

हेलिकोप्टर चढेर गोसाइँकुण्ड पुग्दा नेकपा नेताहरुको आलोचना !


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेताहरु हेलिकोप्टर लिएर रसुवाको गोसाइँकुण्ड पुगेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकोप्टरमा आइतवार गोसाइकुण्ड पुगेका हुन् ।

गोसाइँकुण्ड पुगेर कुण्डको डिलमा रहेको ढुंगामा बसेको तस्वीर नेता श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको तस्वीरमा धेरैले प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनको तस्वीरमाथि ११४ जनाले प्रतिक्रिया जनाएका छन् । जसमा धेरै जसोले हेलिकोप्टरमा गएको भन्दै आलोचना गरेका छन् ।

देशमा सार्वभौमिकता र सीमाको विषय उठिरहेको बेलामा नेताहरु मस्तीमा लाग्नु गलत भएको केही प्रतिक्रिया रहेको छ भने केहीले सरकारी खर्चमा त होला नि मस्ती भन्दै आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै समाजिक सञ्जाल फेसबुक र ट्वीटरका अन्य प्रयोग कर्ताले तस्वीरहरु सेयर गर्दै नेताहरुको विलाशी जीवन भन्दै आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : ०५ बजे

शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुर– फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना