डा केसीका बारेमा छलफल गर्न डडेल्धुराको जिल्ला प्रशासनमा सर्वपक्षिय बैठक | Khabarhub Khabarhub

डा केसीका बारेमा छलफल गर्न डडेल्धुराको जिल्ला प्रशासनमा सर्वपक्षिय बैठक


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीको विषयमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सर्वपक्षिय बैठक चलिरहेको छ ।

एकसाताअघिदेखि डडेल्धुरामा अनसनरत डा केसीको स्वास्थ्य अवस्था विग्रिएपछि सरकारले काठमाडौं ल्याउने तयारी गरेपनि असफल भएपछि सर्वपक्षिय बैठक बसेको हो ।

डडेल्धुराका प्रमूख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले डा केसीको समर्थक, नागरिक समाजसँग डा केसीको स्वास्थ्य उपचारको विषयमा वार्ता गरेका हुन् ।

‘अहिले डा केसीको विषयमा प्रमुख जिल्ला अधिकारी ज्युले मिटिङ राख्नुभएको छ, अहिले सर्वपक्षिय बैठक चलिरहेको छ,’ जिल्ला प्रशासन कार्यलयका एक अधिकरीले भने, ‘छलफल चलिरहेको छ, वार्ता सकिएपछि नै डा केसीको उपचारको विषयमा थप जानकारी आउँछ ।’

डा केसीको स्वास्थ्यमा जटिलता आएपछि सरकारले नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पठाएको छ । डा केसीले भने आफू डडेल्धुरा डेर नजाने बताएका छन् । उनका समर्थकले अस्पतालबाट केसीलाई लैजान नदिने भन्दै नाराबाजीसमेत गरेका छन् ।

केसीलाई काठमाडौं लैजाने विषयमा कुरा नमिलेसँगै काठमाडौंबाट गएको सेनाको हेलिकोप्टर डडेल्धुरास्थित आर्मीको व्यारेकमा राखिएको छ ।

डडेल्धुरा अस्पतालबाट उक्त व्यारेक ७ किलोमिट टाढा रहेको छ । डा केसीलाई काठमाडौं ल्याउने सहमति भएमा डा केसीलाई आर्मी व्यारेकसम्म एम्बुलेन्समा ल्याएर आर्मी व्यारेकबाट काठमाडौं ल्याइने छ ।

यस्तै डा केसीको स्वास्थ्य उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताल र टिचिङ अस्पताललाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार वीर र टिचिङ अस्पतालले अस्पतालमा चिकित्सक सहितको टोली तयारी अवस्थामा राखेको जनाएको छ ।

वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले वीर अस्पतालमा डा केसीको उपचारका लागि आइसीयू वेड समेत खाली गराइएको बताए ।

‘हामीलाई स्वास्थ्य मन्त्रालयबाट वीर अस्पतालमा ल्याउन सक्ने सम्भावना हुनसक्छ त्यसैले तयारी अवस्थामा बस्नु भनेर भन्नुभएको छ, अब काठमाडौं नै ल्याउनुपर्ने अवस्था भएपछि आइसीयू मै राख्नुपर्ने होला,’ वीर अस्पतालका निर्देशक डा सेञ्चुरीले खबरहबसँग भने, ‘हाम्रो अस्पतालमा पनि आइसियू वेड त खाली हुँदैन, तर सरकारको निर्देशन अनुसार डा केसीको लागि स्टेबल विरामीलाई यताउता म्यानेज गरेर आइसीयू वेड खाली गर्दै छौं ।’

स्वास्थ्य मन्त्रालयले टिचिङ अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टिचिङ अस्पतालले पनि डा केसको उपचारका लागि चिकित्सक सहितको टोली तयारी अवस्थामा राखिसकेको छ ।

कात्तिक १८ गतेदेखि डडेल्धुरा अस्पताल नजिकै एक निजी घरमा अनसन बसेका डा केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई सहयोगीहरुले डडेल्धुरा अस्पताल लगेका थिए ।

डडेल्धुरा अस्पतालमै रहेर अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था विग्रिएको र डडेल्धुरामा डा केसीको उपचार सम्भव नभएको भन्दै अस्पतालले हिजो आइतबार मात्रै विज्ञप्तीमार्फत जनाएको थियो ।

डडेल्धुरा अस्पतालले डा केसीको मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा कम भएको, मिर्गौलामा समस्या देखिएको र शारीरिक अवस्था समेत कमजोर हुँदै गएको भन्दै अस्पतालमा डा केसीको उपचार सम्भव नभएको बताएको थियो ।

डडेल्धुरा अस्पतालले डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको उपचार गर्न नसकिने बताएपनि डा केसी भने आफ्नो माग पुरा नभएसम्म त्यहि रहने अडानमा थिए ।

डा केसीको स्वास्थ्यमा समस्या देखिएसँगै डा केसीका समर्थकहरुले डडेल्धुरा र काठमाडौंमा समेत जीवनरक्षाको माग गर्दै नाराबाजी गरेका थिए ।
डा केसीको स्वास्थ्य अवस्था विग्रदै गएपछि सरकारले काठमाडौं ल्याउने तयारी गरेको हो । यता डा केसीले भने आफ्नो माग पूरा नभएसम्म आफु डडेल्धुरामै बस्ने अडान राखेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र