२ किलो कोकिनसहित विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ « Khabarhub

२ किलो कोकिनसहित विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन नागरिक २ केजी १ सय ग्राम कोकिनसहित पक्राउ परेका छन् ।

राहदानी नम्बर एक्स वाई ७५९३७ वाहक ६१ वर्षीय सर्जियो ट्रलाई अवैध लागूऔषध कोकिन जस्तो देखिने वस्तु २ केजी १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

कतार एयरको उडानद्वारा नेपाल आएका उनलाई विमानस्थलस्थित भन्सार चेकिङको क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ ब्राजिलियन नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ३७ बजे

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक