डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार « Khabarhub

डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ ।

दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का २६ वर्षीय दुजबहादुर खत्री, १९ वर्षीय नवीन नेपाली र विमल वली छन् ।

उनीहरुले डेटिङ जाने जोडीहरुको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेका थिए ।

प्रहरीले उनीहरुलाई पीडित पक्षबाट ५ लाख रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको हो ।

प्रहरी देखेर भाग्न लागेको अवस्थामा तीनै जनालाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त समूहका अन्य २ जना ईश्वर पुन र अर्जुन पुन फरार रहेका प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ५ : २७ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४