डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार | Khabarhub Khabarhub

डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीद्वार गोली प्रहार


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ ।

दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का २६ वर्षीय दुजबहादुर खत्री, १९ वर्षीय नवीन नेपाली र विमल वली छन् ।

उनीहरुले डेटिङ जाने जोडीहरुको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेका थिए ।

प्रहरीले उनीहरुलाई पीडित पक्षबाट ५ लाख रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको हो ।

प्रहरी देखेर भाग्न लागेको अवस्थामा तीनै जनालाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त समूहका अन्य २ जना ईश्वर पुन र अर्जुन पुन फरार रहेका प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ५ : २७ बजे

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका

हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

बागमती – हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी