सीमा अतिक्रमणको विरोधमा नेमकिपाको देशव्यापी विरोध « Khabarhub

सीमा अतिक्रमणको विरोधमा नेमकिपाको देशव्यापी विरोध


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले गरेको नेपालको भूमि अतिक्रमणको विरुद्धमा नेपाल मजदूर किसान पार्टीले देशव्यापी विरोध चर्काएको छ ।

नेमकिपाले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा देशव्यापी रुपमा विरोध अभियान शुरु गरेको हो ।

भक्तपुरबाट शुरु गरेको देश बचाउ अभियानमा भारतले आफ्नो नक्सामा राखेको भूमि फिर्ता गर्न र भारतले जारी गरेको नयाँ नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै नेमकिपाले भक्तपुरलगायत देशका विभिन्न जिल्लामा विरोध जुलुस एवं सभाको आयोजना गरेको छ ।

नेमकिपाले भक्तपुर, कीर्तिपुर, जुम्ला, नेपालगञ्ज, कैलाली, सुर्खेतलगायतका स्थानमा जुलुस तथा विरोध सभाहरु गरेको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए ।

नेमकिपाले आफ्ना केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको नेतृत्वमा जिल्लाजिल्लामा अभियान सञ्चालन गरेको उनले जानकारी दिए । भारतले नेपाली भूमि फिर्ता गरेर भारतीय सेना नहटाएसम्म नेमकिपाको विरोध जारी रहने उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ३१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित