डा.केसीको समर्थनमा टिचिङ अस्पतालका विद्यार्थी आन्दोलित « Khabarhub

डा.केसीको समर्थनमा टिचिङ अस्पतालका विद्यार्थी आन्दोलित


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीको सत्याग्रहमा समर्थन जनाउँदै टिचिङ अस्पतालका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

डा. केसीले टिचिङ अस्पतालबाट अवकास प्राप्त गरिसकेको अवस्थामा पनि त्यहाँका विद्यार्थीहरुले डा. केसीको आन्दोलनमा ऐकेवद्धता जनाउँदै चरणबद्द आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

डडेल्धुरा पुगेर आफ्नो १७ औं सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विद्यार्थीहरुले आफ्नो गुरुको जीवनरक्षाको माग गरेका छन् ।

” सेभ जिकेसी” भनेर मैनबत्ती बाल्दै गर्दा , विद्यार्थीहरु आक्रोशित देखिन्थे । आफ्ना गुरुलाई पटक-पटक सरकारले धोका दिँदै मरे मरोस भन्ने शैलीमा बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।

आफ्नो कार्यावधिमा डा. केसीले टिचिङ अस्पतालमा बसेर पुर्याएको सेवाको स्मरण गर्दै विद्यार्थीहरुले डा केसीको आन्दोलनमा साथ दिएका हुन् ।

” जब डा. केसी यहाँ हुनुहुन्थ्यो तब उहाँले दिनरात नभनी बिरामी जाँच्नुभयो , हामीलाइ अर्थोपेडिक्सको कखरा चिनाउनुभयो । त्यतिमात्र हाम्रो इन्स्टिच्युटलाई राजनैतिक भागबन्डाले थङथिलो बनाएको थियो , त्यस्तो अवस्थामा आफ्नो ज्यानको बाजी थाप्दै टिचिङ अस्पतालका लागि लडिरहनु भयो । तसर्थ अहिले सेवानिवृत्त हुनु भयो भन्दैमा हामीले यहाँ चुप बस्न मिल्दैन । ” आन्दोलनका कार्यक्रम घोषणा गर्दैगर्दा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटिका अध्यक्ष डा. शक्ति चौरासियाले भने ।

धर्ना, र्‍याली लगायतका कार्यक्रम घोषणा गरेका विद्यार्थीहरुले डा केसीका मागमा सरकार गम्भीर नभएमा अस्पतालको सेवा ठप्प पार्ने सम्मको कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : २९ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने