१६० स्थानीय तहमा प्रशासकीय अधिकृत रिक्त « Khabarhub

१६० स्थानीय तहमा प्रशासकीय अधिकृत रिक्त


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दाङ उपमहानगरपालिका बाहेक बाँकी १० वटै उपमहानगरपालिका, १ सय १० नगरपालिका र ६० गाउँपालिकामा प्रशासकीय अधिकृत रिक्त छन् ।

प्रशासकीय अधिकृत नहुँदा कामकारबाहीमा समस्या उत्पन्न भइरहेको गुनासो सर्वसाधारणको छ । मन्त्रालयले भने कर्मचारी समायोजनलगायत कारणले कर्मचारी अभाव भएको र छिट्टै पदपूर्तिको क्रम थालिने बताएको छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले लोकसेवा आयोगबाट स्थानीय तहमा कर्मचारी सिफारिस भएको र तिनीहरूलाई छिट्टै पदस्थापन गरिने तयारी गरिएको जानकारी दिए ।

‘कर्मचारीकै अभावमा स्थानीय तहमा पदपूर्ति गर्न सकिएको छैन अब भने छिट्टै पूर्ति गरिनेछ,’ सहसचिव अधिकारीले भने । उनले लोकसेवाबाट सिफारिस भई आएका अधिकृतलाई योग्यताक्रम (मेरिट)को आधारमा पदस्थापन गरिने बताए ।

बहालवाला तथा यसअघि प्रशासकीय अधिकृत भई काम गरेका अधिकृत भने जनप्रतिनिधिका अनुचित दबाब झेल्नुपर्ने तथा बजेट र योजनालगायतका नीतिगत निर्णयमा जनप्रतिनिधिले अनावश्यक भूमिका खोज्ने गर्दा काम गर्ने वातावरण नभएको बताउँछन् ।

जनप्रतिनिधिले भने झन्झटिलो प्रक्रिया देखाएर कर्मचारीले काम नगर्ने र जनप्रतिनिधिको भावनाअनुसार चल्न नसकेको बताउने गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ६ : ३८ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार