श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते | Khabarhub Khabarhub

श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- श्रीमान‍को चक्‍कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्‍कु प्रहार गरी घाइते बनाएका हुन् ।

तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्‍कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

गम्भीर अवस्थाकी उनलाई उपचारका लागि लाइफगार्ड अस्पताल पुर्‍याउँदा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नोवेल शिक्षण अस्पताल लगिएको डीएसपी खिँउजूले बताए ।

सुस्मिताको अवस्था गम्भीर रहेको जानकारी चिकित्सकले दिएको उनको भनाइ छ । झापा घर भएका कार्की दम्पत्ति विराटनगर महानगरपालिका ११ बसपार्कमा डेरा बस्दै आएका थिए। दुवैजना बुधबार विराटनगर ४ चाँदनी चौकस्थित सुस्मिताकी दिदी रीता कटुवालको घरमा पाहुना गएका थिए ।

पाहुना गएकै घरमा तरकारी काटिरहेको अवस्थामा श्रीमानले श्रीमतीमाथि चक्‍कु प्रहार गरे पनि घटनाको कारण भने पत्ता लागि नसकेको डीएसपी खिँउजूले बताए।

डम्बरलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान शुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १२ : १४ बजे

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमानको इन्जिन स्वदेशमै बन्ने

नयाँ दिल्ली- भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा

गौर हत्याकाण्ड छानविन गर्न दिएको सर्वोच्चको आदेश आश्चर्यजनक : प्रवक्ता सुमन

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर