श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते « Khabarhub

श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- श्रीमान‍को चक्‍कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्‍कु प्रहार गरी घाइते बनाएका हुन् ।

तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्‍कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

गम्भीर अवस्थाकी उनलाई उपचारका लागि लाइफगार्ड अस्पताल पुर्‍याउँदा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नोवेल शिक्षण अस्पताल लगिएको डीएसपी खिँउजूले बताए ।

सुस्मिताको अवस्था गम्भीर रहेको जानकारी चिकित्सकले दिएको उनको भनाइ छ । झापा घर भएका कार्की दम्पत्ति विराटनगर महानगरपालिका ११ बसपार्कमा डेरा बस्दै आएका थिए। दुवैजना बुधबार विराटनगर ४ चाँदनी चौकस्थित सुस्मिताकी दिदी रीता कटुवालको घरमा पाहुना गएका थिए ।

पाहुना गएकै घरमा तरकारी काटिरहेको अवस्थामा श्रीमानले श्रीमतीमाथि चक्‍कु प्रहार गरे पनि घटनाको कारण भने पत्ता लागि नसकेको डीएसपी खिँउजूले बताए।

डम्बरलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान शुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १२ : १४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको