सरकारसँग राउटेको गुहार– वनमा कन्दमूल पाउँदैन, मष्टो पूज्न खसी–बोका पाइएला कि ? « Khabarhub

सरकारसँग राउटेको गुहार– वनमा कन्दमूल पाउँदैन, मष्टो पूज्न खसी–बोका पाइएला कि ?


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् ।

राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्दछन् । यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्दछ । राउटे अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताउनुभयो । ‘भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौँ,’ उनले भने, ‘मन्त्रीज्यूले तपाईहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौँला भन्नुभएको छ ।’ हरिबहादुरसहित तीन जनाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेर सहयोग मागेका थिए ।

राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन् । ‘प्रति परिवार एउटा खसी–बोका चाहिने हुँदा आजै बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौँ,’ अर्का अगुवा प्रकाश शाहीले भने, ‘मन्त्रीज्यूले भोको बस्नुपर्दैन भन्नुभएको छ ।’

हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन् । शुरुमा राउटे अगुवाको टोली गुराँस गाउँपालिका कार्यालय पुगेको थियो ।

गाउँपालिकाले बजेट नभएको बताएपछि सिधै बस चढेर राउटे अगुवाहरु वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय आइपुगेका थिए । राउटे अगुवाले काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए । राउटे युवा प्रकाशले भने, ‘जङ्गलमा पहिलेजस्तो कन्दमूल, गुना बाँदर पाइँदैन्, त्यही भएर मासुका लागि पनि खसीकै भर पर्नुपर्छ ।’ सरकारले दिने मासिक भत्ता रकमले चामल, नून, तेल र तरकारी किन्नमै खर्च हुने उनको भनाइ थियो ।

‘सरकारले भत्ता दिएका छौँ, पुग्छ नि भन्छ, यता हामीले सबै किनेर खानुपर्छ, पहिलेजस्तो गाउँमा मागेर पाइँदैन, हामीले बनाएका कोशी, मुुधुस, आरी पनि कसैले किन्दैनन्,’ अगुवा हरिबहादुरले माग्दै हिँड्नुको बाध्यता यसरी सुनाए ।

प्रदेश सरकारले समयमै रकम नदिए यसपालीको मस्टो पूजा पनि खुल्लो हुने होकी भन्ने चिन्ता बढेको हरिबहादुरले सुनाए । सरकारी सहयोगको पर्खाइमा रहेका राउटे अगुवालाई शुक्रबारसम्म खसीबोका र चामल बस्तीमा पुर्‍याइसक्न मुखियाले आदेश दिएका छन् ।

ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । धर्म–संस्कृति, जातपात हिन्दु सम्प्रदायसँग मेल खान्छ । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले फिरन्ते वन्य जीवनमा बाँचिरहेका राउटे आधुनिक जीवनशैलीबाट टाढा रहेकाले अस्तित्व सङ्कटमा पर्न थालेको बताइन् ।

‘राउटेलाई आफ्नो संस्कार, धर्मसंस्कृति, भेषभूषा रहनसहन नै प्यारो लाग्छ, त्यही भएर स्थायी रुपमा बसोबास, पशुपालन र खेतीबालीप्रति रुची छैन्, माग्नु त उनीहरुको बाध्यता बनिसक्यो,’ अधिकारी भन्छिन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : २७ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन