इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ? « Khabarhub

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का गयल देखिए।

करिब साढे ५ महिना विदेश बसाइपछि फर्किएका पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा आयोजना गरिएको राष्ट्रिय भेलाको समापनमा खड्का नदेखिएका हुन्।

उद्घाटन सत्रमा पुगेर देउवाको नेतृत्वमै पन्ध्रौँ महाधिवेशन सफल बनाउनुपर्ने धारणा राखेका खड्का समापन कार्यक्रममा नदेखिएपछि विभिन्न शंका-उपशंका भएको छ।

उनलाई २०८२ भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर पछि राष्ट्रिय भेला आयोजना गर्दा बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालाको नेतृत्वमा भएपछि खड्का असन्तुष्ट भएको हुन सक्ने अनुमान गरेका छन् ।

तर उनीनिकट नेताहरूले खड्का पार्टी विभाजनको पक्षमा नरहेका कारण भेलाको समापानमा नगएको बताएका छन्।

उसो त कांग्रेस नेता डा. शेखर कोइराला पनि समापन कार्यक्रममा पुगेनन् । तर गगनले विशेष महाधिवेशन गरेपछि मात्रै शेखर बाध्यतालले देउवा समूहमा जोडिएका हुन् ।

शेखरभन्दा खड्का नपुग्नुलाई अर्थपूर्ण मानिएको छ। खड्कानिकट स्रोतका अनुसार राष्ट्रिय भेलाबारेमै उनले असहमति राखेका थिए। तर देउवाको मन राख्न उनी भेलामा पुगेको उनीनिकटले बताएका छन् ।

देउवा पक्ष भने शशांकलाई नेतृत्व मानेर अगाडि बढ्न नसकेका कारण खड्का नपुगेको दाबी गर्छन् । स्वास्थ्य अवस्था पनि ठिकै रहे पनि खड्का भेलामा नपुग्नुलाई गम्भीर अर्थपूर्ण मानिएको छ। खड्काले यसबीचमा सभापति गगन थापासँग संवाद गरेको पनि खुलेको छ। गगनसँग उनकी असन्तुष्ट थिए। तर उनले पछिल्लो समय संवादको ढोका खोलेर पार्टी फुटाउने पक्षमा उभिएको बताइन्छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ४ : ५४ बजे

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक