‘म यस्तो गीत गाउँछु २’ को गीत: रोमान्टिक मुडमा पल र पूजा (भिडियो) « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ को गीत: रोमान्टिक मुडमा पल र पूजा (भिडियो)


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को पहिलो कोशेलीस्वरुप ‘तिम्रो घरको वरिपरि’ बोलको गीत सार्वजनिक भएको छ । बिहीवार यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । गीतको भिडियोमा पल र पूजाले रोमान्स गरेका छन् ।

अर्जुन पोखरेलको संगीत र शब्दमा तयार भएको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा संगीत संयोजन हृदम कँडेलले गरेका हुन् ।

सुदर्शन थापाले निर्देशन गरेको यो लभस्टोरी फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मको स्किृप्टलाई शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् भने कथा सुदर्शन थापाकै रहेको छ ।

छायांकनदेखि नै चर्चामा रहेको यो फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यो फिल्म फागुन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ४५ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १