‘म यस्तो गीत गाउँछु २’ को गीत: रोमान्टिक मुडमा पल र पूजा (भिडियो) « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ को गीत: रोमान्टिक मुडमा पल र पूजा (भिडियो)


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को पहिलो कोशेलीस्वरुप ‘तिम्रो घरको वरिपरि’ बोलको गीत सार्वजनिक भएको छ । बिहीवार यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । गीतको भिडियोमा पल र पूजाले रोमान्स गरेका छन् ।

अर्जुन पोखरेलको संगीत र शब्दमा तयार भएको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा संगीत संयोजन हृदम कँडेलले गरेका हुन् ।

सुदर्शन थापाले निर्देशन गरेको यो लभस्टोरी फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मको स्किृप्टलाई शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् भने कथा सुदर्शन थापाकै रहेको छ ।

छायांकनदेखि नै चर्चामा रहेको यो फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यो फिल्म फागुन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ४५ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष