ज्येष्ठ नागरिक समावेशी घोषणापत्रमा नेपालको प्रतिवद्धता | Khabarhub Khabarhub

ज्येष्ठ नागरिक समावेशी घोषणापत्रमा नेपालको प्रतिवद्धता



आर्थिक संरक्षणका साथ गुणस्तरीय स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्न Universal Health Coverage Day (UHC) ले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसको आवश्यकतालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१२ डिसेम्बर १२ मा UHC लाई समर्थन गरेको थियो । त्यसपश्चात विश्वका नेताहरुलाई स्वास्थ्य क्षेत्रमा गरेको प्रतिवद्धताप्रति उत्तरदायी बनाउन सन् २०१४ देखि डिसेम्बर १२ लाई UHC दिवसको रुपमा मनाउन शुरु गरियो ।

मानव इतिहासमा नै पहिलो पटक ६० वा सो भन्दा माथिका उमेर समुहको संख्या बढि हुने अनुमान गरिएको छ । बढ्दो औषत आयु र घट्दो जन्मदरका कारण ज्येष्ठ नागरिकहरुको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । हाल विश्वमा ज्येष्ठ नागरिकको संख्या करिब ९६ करोड रहेको छ । सन् २०५० सम्म उक्त जनसंख्या दोब्बर भई कुल जनसंख्याको २० प्रतिशत पुग्ने अनुमान गरेको छ । हाल नेपालमा कुल जनसंख्याको ९ प्रतिशत ज्येष्ठ नागरिकहरुको संख्या रहेको छ । साधारतयः बढ्दो उमेरसँगै ज्येष्ठ नागरिकहरुमा जटिल स्वास्थ्य समस्याहरुको जोखिम बढि हुन्छ । उनीहरुको दैनिक जीवनमा स्वास्थ्य सम्वन्धी समस्याहरु थपिने गर्दछन् । स्वास्थ्य क्षेत्रमा पर्याप्त मात्रामा लगानी नगरेका विकासोन्मुख राष्ट्रका ज्येष्ठ नागरिकहरुलाई यसले नकारात्मक प्रभाव पार्दछ । सन् २०११ को तथ्याङ्क अनुसार विकासोन्मुख देशमा नसर्ने रोगबाट मृत्यु हुने मानिसहरुमा ७५% ज्येष्ठ नागरिकहरु थिए । त्यस्तै, अन्य उमेर समुहमा भन्दा ज्येष्ठ नागरिकहरुमा अपाड्डता हुने जोखिम दर पनि ४ गुणाले उच्च छ ।

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नको यो दिवस मनाउने गरिन्छ । तर अन्य उमेर समुहको दाँजोमा ज्येष्ठ नागरिकहरुले स्वास्थ्यमा आफ्नो पहुँच पुर्‍याउन भने धेरै किसिमका चुनौतिहरुको सामना गर्नु पर्ने हुन्छ । यातायातको असुविधा, सीमित खर्च, अशिक्षा र सहयोगको अभावका कारण ज्येष्ठ नागरिकहरुलाई राष्ट्र सरकारले प्रदान गर्दै आइरहेको सेवा सुविधा लिन समेत अप्ठ्यारो परिरहेको छ । परम्परागत रुपमा नेपालमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचार तथा हेरचाहको सम्पूर्ण जिम्मेवारी परिवारलाई हुन्छ । तर बसाइँसराइ, पारिवारिक विघटन र पर्याप्त मात्रामा सरकारी कार्यक्रम र नीतिको अभावका कारण जनसंख्याको ठूलो हिस्सा ओगटेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थामा समस्या पर्दै आइरहेको छ ।

UHC ले ज्येष्ठ नागरिकहरुको निम्न स्वास्थ्य मुद्धालाई समावेश गर्न आवश्यक छ

(क) सेवा उपलब्ध गराउँदा व्यक्ति केन्द्रित भई ज्येष्ठ नागरिकहरुको स्वास्थ्य तथा स्याहार सम्बोधन हुन,
(ख) ज्येष्ठ नागरिकहरुको आवश्यकताअनुसार सेवा उपलब्ध गराउन सक्ने स्वास्थ्य जनशक्ति परिचालन गर्न,
(ग) उमेरगत विभेद नभएका स्वास्थ्य सम्बन्धी सूचनाहरु प्रवाह गर्नुपर्ने,
(घ) वृद्ध अवस्थामा आवश्यक पर्ने औषधि तथा उपकरणहरुमा पहुँच हुनु पर्ने ।

तर दिगो विकास लक्ष्य ३ को सूचकमा ज्येष्ठ नागरिकले भोग्ने शारिरीक तथा मानसिक अवस्थाको आधारमा जन–शक्तिको ज्ञान र सीप सम्बन्धि विषयहरुलाई समेटेको छैन । स्वास्थ्य क्षेत्रमा चुनौतीको सामना गर्दै आइरहेका सीमान्तकृत समूहमध्येका तीव्र गतिमा वृद्धि भइरहेका ज्येष्ठ नागरिकहरुलाई के UHC ले समेटेको छ त ? UHC ले ज्येष्ठ नागरिकहरु सम्वन्धी विशेष स्वास्थ्य समस्याहरु जस्तै, उच्च रक्तचाप र मधुमेह जस्ता रोगहरुबारे स्वास्थ्य सेवाहरु उल्लेख गरेको छ त ? पक्कै पनि छैन ।

अझै विश्व स्वास्थ्य संगठन जस्तो गरिमामय संगठनले गर्ने सर्वेक्षणहरुमा पनि सीमित उमेर समुहरुलाई मात्र समावेश गरेको छ । विश्व स्वास्थ्य संगठनको STEPS NCD Risk Factor Survey मा साधारणतया ६४ वर्ष सम्मको समुह र Demographic and Health Survey मा ५० वर्ष सम्मका महिला र ५५ वर्ष सम्मका पुरुषहरुलाई मात्र समेटेको थियो । यसरी ज्येष्ठ नागरिकहरुको प्रतिनीधित्व समेत नगराइ गरिएका सर्वेक्षणहरुबाट कसरी स्वास्थ्यमा ज्येष्ठ नागरिको मानव अधिकार सुनिश्चित गर्न सकिन्छ ? तथ्याङ्क संकलन भएका विषयहरुमा पनि पर्याप्त मात्रामा ज्येष्ठ नागरिकको मुद्दाहरु उठान भएका छैनन् । सबै उमेर समूहको स्वास्थ्य अवस्थाको तथ्याङ्क संकलन गर्दा ज्येष्ठ नागरिक, उनीहरुको विशेष स्वास्थ्य समस्याहरु, उमेर, लिङ्ग, अपाङ्गता र ठेगानालाई समावेश गर्नु अत्यावश्यक छ । यसरी तथ्याङ्कहरु संकलन गरेर संयन्त्र बनाएमा मात्र सबै उमेर समुहमा ज्येष्ठ नागरिकहरुको पनि समावेशी पक्का गर्न सकिन्छ ।

नेपालमा स्वास्थ्य सेवामा सबैको सामान पहुँच पुर्‍याउन निःशुल्क स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरु शुरु गरिएको छ । सरकारले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष बजेट बढाउदै लगेको छ । नेपालको स्वास्थ्य रणनीति २०१५ देखि २०२० ले UHC लाई पहिल्याउँदै स्वास्थ्य क्षेत्रमा जनशक्तिको सुधार, आर्थिक व्यवस्थापन र पूर्वाधारको विकास गरेको छ । सबै स्वास्थ्य नीति तथा कार्यक्रमहरु दिगो विकास लक्ष्यसँग सम्बन्धित छन् ।

नेपालको संविधानको भाग ३ को मौलिक हक तथा कर्तव्यको प्रावधानमा स्वास्थ्य सम्बन्धी हक उल्लेख गरिएको छ । जसअनुरुप प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्ने र नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने कुरा उल्लेख गरिएको छ । तर यी कुनै पनि प्रावधानहरुमा ज्येष्ठ नागरिक भने उल्लेख गरिएको छैन ।

संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१९ सेप्टेम्बर २३ मा स्वस्थ विश्व निर्माणमा युनिभर्सल हेल्थ कभरेज भन्ने सन्दर्भमा उच्च बैठक संचालन गरेको थियो । उक्त बैठकपश्चात स्वास्थ्यका लागि आर्थिक जोखिमताबाट कसरी संरक्षण गर्ने; गुणस्तरीय स्वास्थ्य सेवा, गुणस्तरीय र सुलभ औषधि तथा खोपमा सबैको पहुँच हुनु पर्ने जस्ता विषयहरु समावेश राजनीतिक घोषणपत्र स्वीकृत गर्‍यो । नेपाललाई प्रतिनिधित्व गर्दै तत्कालीन उप प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सहभागिता जनाइ UHC को महत्व र नेपालको प्रगतिको बारेमा प्रकाश पार्दै सबैलाई सहयोग र सहभागिताको लागि आह्वान समेत गरेका थिए ।

UHC ले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको प्रगति विवरणलाई हेर्दा विश्वव्यापी रुपमा नै स्वास्थ्य प्रणालीले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई प्रयाप्त मात्रामा उल्लेख गरेको छैन । जसकारण UHC को राजनीतिक घोषणापत्रमा स्वस्थ र सक्रिय बुढ्यौली र ज्येष्ठ नागरिकहरुको गुणस्तरिय जीवन कायम राख्नुपर्छ भन्ने विषयहरु उठान गरिएको छ । यसका साथै सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सुदृढ पर्न उनीहरुको हेरचाह सम्वन्धि सम्पूर्ण विषयहरुलाई समेटेको छ । विश्वव्यापी रुपमा UHC घोषणापत्रमा उल्लेख गरे अनुसार सबै समूहलाई समेटेर विभिन्न कार्यक्रम तथा नीतिहरु निर्धारण गरिँदै छ । नेपाल सरकारले पनि संयुक्त राष्ट्र संघमा प्रतिवद्धता जनाए अनुरुप ज्येष्ठ नागरिक समावेशी नीति तथा कार्यक्रम गरेमा मात्र युएचसीको स्वास्थ्यमा ‘कसैलाई नछुटाऔँ’ भन्ने लक्ष्य प्राप्त गर्न सम्भव हुन्छ ।


लेखिका थापा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालकी अधिकृत हुन्

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ३२ बजे

अन्तिम खेलमा जावालखेलकाे जीत

काठमाडौं– जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ

राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

काठमाडौं– राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक

काठमाडौं महानगरपालिकाको बजेट संशोधन प्रस्ताव

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ

शिवरात्रिको प्रतिस्पर्धाबाट पछि हट्यो ‘होस्टल–३’

काठमाडौं- नव कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘होस्टल’को तेस्रो श्रृङ्खला

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’

काठमाडौं – नायिका विपिन कार्की र नायिका मिरुना मगर अभिनित