खप्तडमा हिमपात, तापक्रम माइनस ४ डिग्री सेल्सियस | Khabarhub Khabarhub

खप्तडमा हिमपात, तापक्रम माइनस ४ डिग्री सेल्सियस


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ ।

खप्तडमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए ।

उनले भने, “बुधबार साँझदेखि नै अत्यधिक चिसो छ । बेलाबेला हिमपात पनि भइरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ ।”

उनका अनुसार गएराति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो । यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको स्थानीयवासी दीर्घ बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : ०२ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री