खप्तडमा हिमपात, तापक्रम माइनस ४ डिग्री सेल्सियस « Khabarhub

खप्तडमा हिमपात, तापक्रम माइनस ४ डिग्री सेल्सियस


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएसँगै तापक्रम माइनस ४ डिग्री सेल्सियससम्म पुगेको छ ।

खप्तडमा बुधबार रातिदेखि हिमपात शुरु भएको हो । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए ।

उनले भने, “बुधबार साँझदेखि नै अत्यधिक चिसो छ । बेलाबेला हिमपात पनि भइरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ ।”

उनका अनुसार गएराति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो । यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको स्थानीयवासी दीर्घ बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : ०२ बजे

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको