‘पीपीएल’ विजेतालाई २७ लाख पुरस्कार « Khabarhub

‘पीपीएल’ विजेतालाई २७ लाख पुरस्कार


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पुरस्कार राशि सार्वजनिक गरेको हो । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछन् । त्यसैगरी पीपीएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्वी लामाले बताए ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

त्यसैगरी प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रालिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउनेछ ।

अघिल्लो संस्करणको पुरस्कार राशिलाई यथावत् राख्दै खेलाडीका लागि अन्य व्यक्तिगत पुरस्कार तथा सुविधामा वृद्धि गरिएको आयोजकले जनाएको छ । पीपीएलको दोस्रो संस्करणमा छ टोलीको सहभागिता रहेको छ । जसमा साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको तथा खेलका लागि खेलाडी पोखरा आउने क्रम शुरु भइसकेको आयोजकको भनाइ छ । मैदानमा पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टरलगायत आवश्यक संरचना निर्माण सकिएको प्रबन्ध निर्देशक लामाले जानकारी दिए ।

अघिल्लो संस्करणमा दुईजना विदेशी खेलाडी प्रत्येक टोलीमा रहेकामा यस पटक तीन जनाका दरले विदेशी खेलाडी प्रत्येक टोलीमा आबद्ध रहेको बताइन्छ । प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : २० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप