‘पीपीएल’ विजेतालाई २७ लाख पुरस्कार « Khabarhub

‘पीपीएल’ विजेतालाई २७ लाख पुरस्कार


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पुरस्कार राशि सार्वजनिक गरेको हो । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछन् । त्यसैगरी पीपीएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्वी लामाले बताए ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

त्यसैगरी प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रालिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउनेछ ।

अघिल्लो संस्करणको पुरस्कार राशिलाई यथावत् राख्दै खेलाडीका लागि अन्य व्यक्तिगत पुरस्कार तथा सुविधामा वृद्धि गरिएको आयोजकले जनाएको छ । पीपीएलको दोस्रो संस्करणमा छ टोलीको सहभागिता रहेको छ । जसमा साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको तथा खेलका लागि खेलाडी पोखरा आउने क्रम शुरु भइसकेको आयोजकको भनाइ छ । मैदानमा पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टरलगायत आवश्यक संरचना निर्माण सकिएको प्रबन्ध निर्देशक लामाले जानकारी दिए ।

अघिल्लो संस्करणमा दुईजना विदेशी खेलाडी प्रत्येक टोलीमा रहेकामा यस पटक तीन जनाका दरले विदेशी खेलाडी प्रत्येक टोलीमा आबद्ध रहेको बताइन्छ । प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : २० बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान