अविवाहित महिलाले युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि… « Khabarhub

अविवाहित महिलाले युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि…


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत उत्तर प्रदेशको गोरखपुरमा एक गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोज्दा समस्या उत्पन्न भएको छ ।

महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको मृत्यु भएको थियो । यो घटनाको खुलासा त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले रगत बगिरहेको देखे र प्रहरीलाई खबर गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् ।

घरका सदस्य उनको गर्भपतन गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भपतन गराउन दवाव दिएका थिए ।

प्रहरीका अनुसार तनावमा आएर महिलाले गर्भपात गराउन चाहिन् । गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको मृत्यु भयो ।

प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको छ जहाँ डेलिभरीको भिडियो चलिरहेको थियो ।

प्रहरीले घटनाको जाँच गरिरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ११ : ५७ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत