सिंगापुरद्वारा बोइङ ७३७ म्याक्सको उडान स्थगित | Khabarhub Khabarhub

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्सको उडान स्थगित


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर– सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । ६ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका २ ओटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ ।

यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गत वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । उक्त विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

सिंगापुर नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सिंगापुरको आकाशमा बोइङ ७३७ म्याक्स मोडेलका विमानहरुमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको जनाइएको छ ।

चीन, इथियोपिया समेतका विश्वका कतिपय देशले यो मोडेलको विमानमाथि प्रतिबन्ध लगाएका छन् । विमानको पूर्ण प्राविधिक परीक्षण भएर सुरक्षित छ भन्ने विश्वास भएपछि मात्र उडान गर्नुपर्ने दबाब बोइङ कम्पनीमाथि परेको छ ।

बोइङले समेत विमानमा कुनै प्राविधिक समस्या देखिए त्यसलाई सुल्झाउन भरमग्दूर प्रयास गरिने स्पष्ट गरिसकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : ०५ बजे

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ।

बालेन र कुलमानलक्षित डीपीको टिप्पणी : त्यो बेला मान्नुभएन, अहिले पनि स्वागत गर्न तयार छौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक

रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल