साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात « Khabarhub

साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबारदेखि विराटनगरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटालाई ३–० ले पराजित गर्दै नेपालले सुखद् शुरुवात गरेको हो ।

खेलको शुरुवाती चरणदेखि नै आक्राम देखिएको नेपालका लागि मन्जलीकुमारी योञ्जनले खेलको १३ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । त्यसपछि १६ औं मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गरिन् ।

यस्तै खेलको ५४ औं मिनेटमा अनिताले तेस्रो गोल गरिन् ।

पहिलो खेलको जीतसँगै समूह ‘ए’मा रहेका नेपाल ३ अंक जोड्न सफल भएको छ । समूहचरणको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ५ : २७ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता