आईपीएल क्रिकेट : धोनी र रायडु चम्किएपछि चेन्नईको छैटौं जित | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : धोनी र रायडु चम्किएपछि चेन्नईको छैटौं जित


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सले रोमाञ्चक जित हात पारेको छ ।

राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नईले छैटौं जित निकालेको हो । १५२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

२४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले उकासेका थिए । चेन्नईको जितमा धोनीले ५८ र रायडुले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचन्द्र आश्विनले अविजित ९ रन बनाए । राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक–एक विकेट लिएका थिए ।

यस टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रन जोडे । यस्तै रियन परागले १६, स्टिभ स्मिथले १५ तथा कप्तान अजिंका रहानेले १४ रन बनाएका थिए ।

चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले समान २र२ विकेट लिए । जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ३१ बजे

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार