आईपीएल क्रिकेट : धोनी र रायडु चम्किएपछि चेन्नईको छैटौं जित « Khabarhub

आईपीएल क्रिकेट : धोनी र रायडु चम्किएपछि चेन्नईको छैटौं जित


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सले रोमाञ्चक जित हात पारेको छ ।

राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नईले छैटौं जित निकालेको हो । १५२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

२४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले उकासेका थिए । चेन्नईको जितमा धोनीले ५८ र रायडुले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचन्द्र आश्विनले अविजित ९ रन बनाए । राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक–एक विकेट लिएका थिए ।

यस टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रन जोडे । यस्तै रियन परागले १६, स्टिभ स्मिथले १५ तथा कप्तान अजिंका रहानेले १४ रन बनाएका थिए ।

चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले समान २र२ विकेट लिए । जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ३१ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न