विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न सामुदायिक विद्यालयले राख्यो स्वास्थ्यकर्मी « Khabarhub

विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न सामुदायिक विद्यालयले राख्यो स्वास्थ्यकर्मी


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पाको एक सामुदायिक विद्यालयले विद्यार्थीका लागि स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले सो सेवा दिने भएको हो । आफ्नै स्रोतबाट स्वास्थ्यकर्मी नियुक्त गरी विद्यालयबाटै विद्यार्थीलाई नियमित स्वास्थ्य सेवा दिने भएको हो ।

शैक्षिक सत्र २०७६ को वैशाखदेखि स्वास्थ्यकर्मी भर्ना गर्न विद्यालयले विज्ञापनसमेत प्रकाशित गरिसकेको छ । ‘अधिकांश समय बिताउने विद्यार्थीहरुको स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको महसुस गरी नर्स वा एचएस्तरको स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी भर्ना प्रक्रिया थालनी गरेका छौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने, ‘विद्यालयमा अध्ययन गर्ने छात्राको महीनावारी व्यवस्थापन तथा अन्य विद्यार्थीसमेत व्यक्तिगत सरसफाइमा स्वास्थ्यकर्मीको सेवाबाट लाभान्वित हुनेछन् ।’

पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विज्ञापन प्रकाशित गरिसकेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले जानकारी दिए । उनले भने-‘अधिकांश समय विद्यार्थीको स्वास्थ्य उपचारका लागि परिचालन गर्छौँ, केही समय बचे स्वास्थ्यकर्मीबाटै स्वास्थ्य शिक्षाको कक्षासमेत सञ्चालन गर्छौँ ।’

वर्षको शुरु, बीच र अन्त गरी तीनपटक सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराई हरेकको स्वास्थ्य व्यक्तिगत विवतरणसमेत विद्यालयमा राखिने प्रधानाध्यापक पोखरेलले भनाइ छ । ‘सामान्य औषधि तथा प्राथमिक उपचारका सामान विद्यालयमा राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा सिफारिश गर्ने गरी स्वास्थ्यकर्मीलाई परिचालन गर्छौँ’, पोखरेलले भने।

जिल्लाको नमूना घोषित सो विद्यालयले विद्यार्थीको स्वास्थ्यमा देखाएको संवेदनशीलता सकारात्मक रहेको अभिभावकले प्रतिक्रिया दिएका छन् । ‘जिन्दगीको लामो समय विद्यालयमा बिताउने विद्यार्थीको स्वास्थ्यलाई महत्व दिन जरुरी थियो, जिल्लाका दुई विद्यालयले ढिलै भए पनि यस कुराको वोध गर्नु सकारात्मक हो,’ बालकल्याण मावि लिवाङका अभिभावक कुलबहादुर डाँगीले भने। जिल्लाका स्रोत सम्पन्न अन्य विद्यालयले समेत यस कुराको अनुशरण गर्न जरुरी रहेको उनले बताए । सो विद्यालयमा दुई हजार ५ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ९ : ०८ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने