यो वर्ष कामका लागि ४ लाख नेपाली विदेशिए, ७ सय ८२ ले ज्यान गुमाए | Khabarhub Khabarhub

यो वर्ष कामका लागि ४ लाख नेपाली विदेशिए, ७ सय ८२ ले ज्यान गुमाए


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७५ सालमा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेका छन् ।

यो वर्ष संस्थागत श्रम स्वीकृति लिएर २ लाख २८ हजार २ सय र व्यक्तिगत २ लाख २२ हजार ३ सय गरी ४ लाख ५० हजार युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

२०७५ सालमा घर विदामा आइ पुनः श्रम स्वीकृति लिएर २ लाख ६७ हजार २ सय जना स्वदेश फर्किएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति गरी जम्मा साँढे ७ लाख १७ हजार युवा विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष १ लाखभन्दा धेरै महिला पनि वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

२०७५ मा नेपाली युवाको रोजगार गन्तव्य देश कतार बनेको छ । यो वर्ष सवैभन्दा धेरै नेपाली रोजगारीका लागि श्रम स्वीकृति लिएर कतार गएको विभागले जनाएको छ । यो अवधिमा संस्थागत र व्यक्तिगत गरी करिब ९० हजार युवा रोजगारीमा गएका छन् ।

कतारपछि यूएई धेरै नेपाली कामदार रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ । संस्थागत र व्यक्तिगत गरी करिब ७० हजार नेपाली यूएई कामको खोजीमा पुगेका छन् ।

कतार र युएईपछि साउदी अरब नेपाली युवाको रोजाइमा परेको छ । साउदीमा यो वर्ष ६० हजार रोजगारीका लागि श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकमा छ ।

गत जेठ महिनादेखि बन्द मलेसिया पनि २०७५ मा ३० हजारभन्दा धेरै नेपाली रोजगारीका लागि गएको विभागको तथ्यांकमा छ ।

यस्तै, दक्षिण कोरिया, बहराइन, कुवेत, ओमन, जोर्डनलगायतका देशमा कामको खोजीमा श्रम स्वीकृति लिएर नेपाली युवा गएको विभागको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या विगतका वर्षमा जस्तै तुलात्मक रहेको वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानथा गुरागाईँले बताए । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या मासिक रुपमा घटबढ हुने गरेको गुरागाईँको भनाइ छ ।

गत वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या भने घटेको छ । गत वर्षको यो अवधिमा संस्थागत करिब ३ लाख युवा वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

२०७४ को तुलनामा यो वर्ष ५० हजार कम कामदार वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो समय व्यक्तिग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो छ ।

विदेशमा ७ सय ८२ जनाले ज्यान गुमाए 

२०७५ सालमा वैदेशिक रोजगारीमा गएका ७ सय ८२ जनाले रोजगारदाता देशमा विभिन्न कारण ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले २०७५ सालमा ७ सय ५९ जना पुरुष र २३ महिला गरी ७ सय ८२ जनाले ज्यान गुमाएको जनाएको छ ।

यो वर्ष सवैभन्दा धेरै मलेसिया रोजगारीका लागि गएको नेपाली कामदारले ज्यान गुमाएका छन् । मलेसियामा २ सय ५० जना पुरुष र ३ जना महिला गरी २ सय ५३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

मलेसियापछि रोजगारीका लागि साउदी पुगेका धेरै नेपाली कामदारले ज्यान गुमाएका छन् । साउदीमा १ सय ९९ जना रोजगारीका लागि भएको नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

यसैगरी कतारमा १ सय ३१ जना, युएईमा ८२ जना पुरुष र १० महिला गरि ९३ जना, कुवेतमा ३७ जना, बहराइनमा १२ जना, दक्षिण कोरियामा १९ जना पुरुष र १ महिला गरि २० जना, ओमनमा ४ पुरुष र १ महिला गरि ५ जना, जापानमा २ जना र अन्य देशमा गरी ७ सय ८२ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । यी सवै मृतकको शव नेपाली झिकाइएको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ०८ बजे

भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सिरहा– भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र

स्वास्थ्य बीमा : अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

काठमाडौं– जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल : तीन महिनादेखि उडान ठप्प

इलाम– इलामको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र आकर्षक

ललितपुर– विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै