जेट एयरवेजका सबै अन्तर्राष्ट्रिय उडान बन्द « Khabarhub

जेट एयरवेजका सबै अन्तर्राष्ट्रिय उडान बन्द


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वित्तीय संकट व्यहोरिरहेको भारतीय विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।

जेट एयरवेजसँग अहिले करिब १ सयको हाराहारीमा विमान रहेको जनाइन्छ । जसले ६ सय आन्तरिक र ३ सय ८० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको थियो ।

आर्थिक संकटका कारण मार्च महिनादेखि जेट एयरवेजका उडानहरु प्रभावित हुँदै आएका थिए । भारत सरकारले बैंकहरुलाई विमान कम्पनीको ‘उद्दार’का लागि पहल पनि गरिरहेको छ ।

ऋणदाताहरुले ऋण नदिँदा जेट एयरवेजले भाडामा लिएका विमानको शुल्क समेत तिर्न नसकेका समाचारहरु यसअघि नै सार्वजनिक भएका थिए । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार हाल याे कम्पनी  १ सय १० करोड अमेरिकी डलर घाटामा रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र