जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला ! « Khabarhub

जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला !


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका ६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । बुबाको शोकमा परेको दोस्रो दिन नै जनप्रतिनिधिको अगुवाइमा सामाजिक बहिष्कार भएको नयाँ पत्रिकामा खबर छ ।

उक्त परिवारसँग बोलचाल गर्ने गाउँलेलाई पनि ३० हजार जरिवाना गर्ने पञ्चायले निर्णय गरेको छ । त्यहाँका पूर्व गाविस उपाध्यक्ष विद्यानन्द यादवले पञ्चायतको निर्णय मानेको बताएका छन् भने वर्तमान वडा सदस्य जिमिलाल यादवले हिन्दू परम्पराअनुसार काजकिरिया नगरेकाले बहिष्कार गरेको बताए । बुबा गुमाएपछिको सामाजिक बहिस्कार आफूहरु मर्माहत भएको मृतकका छोरा ओमप्रकाश यादवले बताएका छन् ।

वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव (अवधेश)को नौजनाको परिवार विस्थापित भएको हो।

१५ वैशाखमा ओमप्रकाशलाई पितृशोक परेको थियो। उनी किरियामा बसेको भोलिपल्ट जिमिलाल र विद्यानन्दको अगुवाइमा पञ्चायत डाकियो। पञ्चायतले ओमप्रकाशलाई सामाजिक बहिष्कार गर्ने निर्णय सुनायो। उनको परिवारसँग बोलचाल गर्ने गाउँलेलाई पनि ३० हजार जरिवानाको फैसला गर्‍यो। त्यसपछि गाउँलेहरू तर्किन थाले ।

पति वियोगले मर्माहत ओमप्रकाशकी आमा बिन्दा सामाजिक बहिष्कारको निर्णयले थप प्रताडित बनिन्। न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुग्दा पनि उनले तिरष्कार मात्रै पाइन्। प्रशासनले उनलाई ‘गाउँको विवाद गाउँमै मिलाउनू’ भनेर फर्काइदियो।

वडासदस्यबाट अन्यायमा परेका यादव परिवारले वडाध्यक्ष शिवधारी दासलाई भेटेर न्यायको गुहार माग्ने कोसिस गर्‍यो। तर, दास सम्पर्कमै आउन चाहेनन्। यसबीचमा गाउँलेहरूले ओमप्रकाशको परिवारलाई बहिष्कार गर्न थालिसकेका थियो। केही सीप नचलेपछि काजकिरिया सकिएको भोलिपल्टै २२ वैशाखमा गाउँ छाडेको ओमप्रकाशले बताए। उनीहरू अहिले हेटौँडामा बसिरहेका छन्।

विद्यानन्द र जिमिलालले गाउँ पञ्चायत डाकेर सामाजिक बहिस्कारको निर्णय गराएको पीडित ओमप्रकाशले बताए। उनका बुबा अनुठा यादवको १५ वैशाखमा उपचारका क्रममा निधन भएपछि स्थानीय फलही खोलामा दाहसंस्कार गरिएको थियो। गाउँकै १५ जना र आफूहरूले मान्दै आएको कविरपन्थी धर्म मान्ने केही शिष्य मलामी आएको उनले बताए। तर, हिन्दू संस्कार तोडेको भन्दै विद्यानन्द र जिमिलालले १६ वैशाखमै गाउँ पञ्चायत डाकेर सामाजिक बहिस्कारको निर्णय गराए।

त्यस्तै पत्रिकाले काठमाडौं भ्युटावर निर्माण अनिश्चित शीर्षकमा अर्को समाचार छापेको छ । मुख्य लगानीकर्ता पछि हटेपछि पुरानो बसपार्कमा २९ तलाको ‘भ्युटावर’ बनाउने काठमाडौं महानगरपालिकाको योजना अनिश्चित बनेको छ। निर्माता कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खोजेको मुख्य लगानीकर्ता सिंगापुरका ब्रिटिस गोर्खा सैनिकले आफ्नो लगानी फिर्ता मागेका छन्। बिकोई त्यही ठेकेदार कम्पनी हो, जसले खुलामञ्चमा अवैध सटर बनाई साना व्यापारीलाई भाडामा लगाएको थियो।

पोखराका धीरज गुरुङमार्फत सिंगापुरका दुई सय ८० जना अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले लगानी गर्ने भएका थिए। उनीहरूलाई कम्पनीको ४९ प्रतिशत सेयर दिनेगरी सम्झौता भयो। त्यसका लागि गोरखा सैनिकले पहिलो किस्ताबापत २४ करोड रुपैयाँ कम्पनीको बैंक खातामा हालिदिए। रकम हात पर्नेबित्तिकै बिकोईले लगानीकर्तासँग विवाद झिक्यो। विवाद बढ्दै गएपछि गोर्खा सैनिकले लगानी फिर्ता मागे। बिकोईले २० जेठको भाकामा नोयल अमेल कम्पनीको नाममा २४ करोड रुपैयाँको चेक काटेको छ।

पत्रिकाले खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय शीर्षकमा छापेको समाचारमा सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ। बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन्।

संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ। संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए। मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : १३ बजे

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि