आईपीएलको फाइनल आजः चेन्नई र मुम्बई मध्ये कसले उचाल्ला उपाधि ? « Khabarhub

आईपीएलको फाइनल आजः चेन्नई र मुम्बई मध्ये कसले उचाल्ला उपाधि ?


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको फाइनल खेल आज (मंगलबार) हुँदैछ । हैदरावादमा हुने फाइनलमा आईपीएल इतिहासका सफल दुई टिम मुम्बई इन्डियन्स र चेच्चई सुपर किङ्सले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली समयअनुसार खेल पौने ८ बजे शुरु हुनेछ । यसअघि पहिलो क्वालिफायरमा फाइनलका लागि भिडेको चेन्नई मुम्बईसँग ६ विकेटले पराजित भएको थियो ।

मुम्वई र चेन्नईबीचको खेल निकै रोमाञ्चक हुने विश्लेषकहरुले आँकलन गरीरहेका छन् । साविक विजेता चेन्नई उपाधि लगातार आफ्नो पक्षमा पार्ने होडमा हुनेछ ।

चेन्नई र मुम्बईबीचको खेलमा कुन खेलाडीले राम्रो गर्लान् भन्ने पनि चर्चाको विषय बनेको छ । मुम्बईका लागि हार्दिक पाण्ड्या र जस्प्रीत बु्रम्राह लयमा रहेका छन् ।

मुम्बईविरुद्ध आईपीएलको १० सिजन खेलेको चेन्नईलाई ८ सिजनमा फाइलनसम्म पुर्याएका कप्तान महेन्द्रसिंह धोनीको टिम व्यवस्थापन बाधक बन्ने देखिन्छ । यसलाई ट्वान्टी–२० मा सबैभन्दा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान रोहित शर्मा र धोनीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ ।

तीन–तीन पटक आईपीएल उपाधि उचालेका दुवै टोली सर्वाधिक उपाधि उचाल्ने टोली बन्ने दाउमा छन् ।

मुम्वईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि उचालेको छ भने चेन्नईले सन् २०१०, २०११ र २०१८ को उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ४८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी