आईपीएलको फाइनल आजः चेन्नई र मुम्बई मध्ये कसले उचाल्ला उपाधि ? « Khabarhub

आईपीएलको फाइनल आजः चेन्नई र मुम्बई मध्ये कसले उचाल्ला उपाधि ?


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको फाइनल खेल आज (मंगलबार) हुँदैछ । हैदरावादमा हुने फाइनलमा आईपीएल इतिहासका सफल दुई टिम मुम्बई इन्डियन्स र चेच्चई सुपर किङ्सले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली समयअनुसार खेल पौने ८ बजे शुरु हुनेछ । यसअघि पहिलो क्वालिफायरमा फाइनलका लागि भिडेको चेन्नई मुम्बईसँग ६ विकेटले पराजित भएको थियो ।

मुम्वई र चेन्नईबीचको खेल निकै रोमाञ्चक हुने विश्लेषकहरुले आँकलन गरीरहेका छन् । साविक विजेता चेन्नई उपाधि लगातार आफ्नो पक्षमा पार्ने होडमा हुनेछ ।

चेन्नई र मुम्बईबीचको खेलमा कुन खेलाडीले राम्रो गर्लान् भन्ने पनि चर्चाको विषय बनेको छ । मुम्बईका लागि हार्दिक पाण्ड्या र जस्प्रीत बु्रम्राह लयमा रहेका छन् ।

मुम्बईविरुद्ध आईपीएलको १० सिजन खेलेको चेन्नईलाई ८ सिजनमा फाइलनसम्म पुर्याएका कप्तान महेन्द्रसिंह धोनीको टिम व्यवस्थापन बाधक बन्ने देखिन्छ । यसलाई ट्वान्टी–२० मा सबैभन्दा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान रोहित शर्मा र धोनीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ ।

तीन–तीन पटक आईपीएल उपाधि उचालेका दुवै टोली सर्वाधिक उपाधि उचाल्ने टोली बन्ने दाउमा छन् ।

मुम्वईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि उचालेको छ भने चेन्नईले सन् २०१०, २०११ र २०१८ को उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ४८ बजे

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई