भारतमा छैठौं चरणको मतदान जारी « Khabarhub

भारतमा छैठौं चरणको मतदान जारी


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा जारी आम निर्वाचनमा अन्तर्गत छैठौं चरणको मतदान जारी छ ।

विभिन्न ७ राज्यका ५९ सिटका लागि मतदान भइरहेको हो । यो चरणको मतदानमा ७९७ जना उम्मेदवार रहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यो चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

आजको मतदानमा केन्द्रीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्रज्ञा सिंह ठाकुरलगायतका नेता प्रतिस्पर्धामा छन् ।

भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ ।

भारतमा आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन हुनेछ । चुनाव सम्पन्न भएको चार दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ११ बजे

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट