हेडमास्टरको द्रव्य मोह : बिदामा रहेका शिक्षकको हाजिरी लगाएर लाखौंको भ्रष्टाचार ! « Khabarhub

हेडमास्टरको द्रव्य मोह : बिदामा रहेका शिक्षकको हाजिरी लगाएर लाखौंको भ्रष्टाचार !


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कैलालीको तत्काली उर्मा गाविसस्थित बेहडाबाबा उच्च माविका प्राध्यानाध्यापक (हेडमास्टर)ले बिदामा बसेका शिक्षकका नाममा लाखौं रुपैयाँ बराबरको तलव माग गरी अपचलन गरेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट बेहडाबाबा उमाविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझा समेतको मिलेमतोमा लाखौं रुपैयाँ हिनामिना भएको देखिएको हो ।

तत्कालीन प्रअ ओझाले १४ जेठ २०७४ देखि गैर हाजिरी (बिदामा) रहेका शिक्षकको नाममा माग फारम भरी २०७३ वैशाख मसान्तसम्मको तलवभत्ता भुक्तानी लिएर अनियमितता गरेका हुन् ।

तत्कालीन प्रअ ओझा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीको मिलेमतोमा ११ लाख ४२ हजार २ सय ७२ रुपैयाँ ९७ पैसा अनियमितता गरेको अख्तियारको छानबिनबाट फेला परेको छ ।

उनीहरुले बिदामा रहेका शिक्षकको नाममा तलब लिनुका साथै विद्यालयका सामान खरिद तथा विभिन्न शीर्षकको खर्चमा नक्कली बिल भर्पाए देखाएर अनियमितता गरेको समेत अख्तियारको छानबिनबाट देखिएको छ ।

अख्तियारले तीनैजनाविरुद्ध जनही ११ लाख ४२ हजार २ सय ७२ रुपैयाँ ९७ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै आइतवार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ५२ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार