हेडमास्टरको द्रव्य मोह : बिदामा रहेका शिक्षकको हाजिरी लगाएर लाखौंको भ्रष्टाचार ! « Khabarhub

हेडमास्टरको द्रव्य मोह : बिदामा रहेका शिक्षकको हाजिरी लगाएर लाखौंको भ्रष्टाचार !


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कैलालीको तत्काली उर्मा गाविसस्थित बेहडाबाबा उच्च माविका प्राध्यानाध्यापक (हेडमास्टर)ले बिदामा बसेका शिक्षकका नाममा लाखौं रुपैयाँ बराबरको तलव माग गरी अपचलन गरेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट बेहडाबाबा उमाविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझा समेतको मिलेमतोमा लाखौं रुपैयाँ हिनामिना भएको देखिएको हो ।

तत्कालीन प्रअ ओझाले १४ जेठ २०७४ देखि गैर हाजिरी (बिदामा) रहेका शिक्षकको नाममा माग फारम भरी २०७३ वैशाख मसान्तसम्मको तलवभत्ता भुक्तानी लिएर अनियमितता गरेका हुन् ।

तत्कालीन प्रअ ओझा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीको मिलेमतोमा ११ लाख ४२ हजार २ सय ७२ रुपैयाँ ९७ पैसा अनियमितता गरेको अख्तियारको छानबिनबाट फेला परेको छ ।

उनीहरुले बिदामा रहेका शिक्षकको नाममा तलब लिनुका साथै विद्यालयका सामान खरिद तथा विभिन्न शीर्षकको खर्चमा नक्कली बिल भर्पाए देखाएर अनियमितता गरेको समेत अख्तियारको छानबिनबाट देखिएको छ ।

अख्तियारले तीनैजनाविरुद्ध जनही ११ लाख ४२ हजार २ सय ७२ रुपैयाँ ९७ रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै आइतवार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : ५२ बजे

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको