मनोरञ्जन

चट्याङ परेपछि करिष्माले भनिन् – एकछिन त खुट्टा लगलग काँप्यो

By खबरहब

May 12, 2019

काठमाडौं – नायिका करिष्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार मेघ गर्जनसहित हावा हुरी चलिरहेका बेला घरनिरको रुखमा चट्याङ परेको करिष्माले खबरहबलाई बताइन् ।

‘मौसम परिवर्तन भइरहेको छ, आजसम्म यति नजिकबाट चट्याङ परेको देखेकी थिइन,’ करिष्माले खबरहबसँग भनिन्, ‘एकछिन त खुट्टा लगलग काँप्यो ।’ करिष्माले सामाजिक सञ्जाल फेसबूकमा चट्याङले घरको एउटा रुखमा क्षति पुर्‍याएको भिडियो शेयर गरेकी छिन् । उक्त तस्वीरमा चट्याङले रुखमा क्षति पुर्‍याएको देखिन्छ । रुखलाई चट्याङले चिरेको छ ।

करिष्माले भनिन्, ‘छोरी कविताको कोठा अगाडिको रुखमा चट्याङ पर्‍यो, छोरी पनि डराई, एकछिन त हामी दुवै डरायौँ ।’

मौसम परिवर्तनसँगै प्राकृतिक विपत्ति आउन सक्ने भन्दै सबैलाई सचेत रहन समेत उनले आग्रह गरिन् ।