एसइई परीक्षाको नतिजा असार तेस्रो साता आउने « Khabarhub

एसइई परीक्षाको नतिजा असार तेस्रो साता आउने


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार तेस्रो हप्ता मात्रै आउने भएको छ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले अघिल्लो वर्ष भन्दा यो वर्ष नतिजा आँउन ढिला भएको हो ।

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए।

परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको उनको भनाइ छ। उनका अनुसार अहिले डाटा इन्ट्रीको काम भइरहेको छ। चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ०६ बजे

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६