नेताका छोराको बिहेमा स्कुल बन्द गरेर भोज गरियो « Khabarhub

नेताका छोराको बिहेमा स्कुल बन्द गरेर भोज गरियो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको अन्नपूर्ण पोस्टमा खबर छ।

गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो–संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको।

पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए। गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो। ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए। ‘व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ। त्यहीअनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो,’ उनले भने।

लक्ष्मी महतो, नरेश सिंह, कपलेश्वर सिंह, शलाम शेकले विद्यालयलाई जग्गा दिएको उनले बताए। कक्षाकोठा र कम्पाउन्डमा साँझसम्म भोज खानेको आउजाउ चलिरह्यो। कक्षाकोठा र बच्चा बसेर पढ्ने डेक्स र बेन्च भोजको जुठोले फोहर छ। चपाकलमा पानी खाएर प्लास्टिकका गिलास फ्याँकिएका छन्। विद्यालय परिसर फोहर भएकाले बुधबार पनि पठनपाठन प्रभावित हुने निश्चित छ।

स्कुलमा नेता लक्ष्मी महतोले भतिज सचिनको विवाहको प्रीतिभोज गरेका हुन्। भोजमा नेता, कार्यकर्ता, गाउँले, प्रहरी, प्रशासन सबै आमन्त्रित थिए। भान्से भरत साहले बिहानैदेखि स्कुलमा भोज पकाउन सुरु गरेको बताए।

गौशालाका स्थानीय वीरेन्द्रकुमार साहका अनुसार स्कुलमा पहिलादेखि नै भोजभतेर गर्ने, खुवाउने र बरातीलाई सुताउने काम हुँदै आएको छ। उनले भने, ‘अब सुधार गर्नुपर्छ। विद्यालयलाई विद्यार्थी पढाउन प्रयोग गर्नुपर्छ।’

‘स्कुलमा विवाह भोज गर्नु ठिक होइन। बिहानको पढाइ भएर दिउँसो भोज गरेको सोचेको थिएँ,’ गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले भनिन्। विवाह भोजका नाममा स्कुल बन्द गराएर बालबालिकालाई पढ्नबाट वञ्चित गर्न पाइन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यो प्रश्न नेता लक्ष्मी महतोलाई नै सोध्नुस्।’

गाउँमा सार्वजनिक ठाउँ अभाव भएकाले स्कुलमा भोज आयोजना गर्नुपरेको नेता महतोले बताए। ‘गाउँको भोज गर्ने कुनै ठाउँ छैन। बाध्यताबस स्कुलमा भोज गर्नुपर्‍यो,’ उनले भने।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : १९ बजे

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला