सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र शान्ति मिल्छ ! « Khabarhub

सुत्ने समयमा यी ५ चिज सिरानीमुनी राख्नुस्, सुख र शान्ति मिल्छ !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

शास्त्रले सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ ।

दिनभर थकानको अनुभव हुन्छ । त्यसैले दिनभरको थकान मेटाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी पाँच चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।

हनुमान चालिसा

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, त्रास र अहंकार हट्छ भने सपना समेत राम्रो देखिन्छ ।

जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुँ लोक उजागर॥
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ॥

फलामको उपकरण

भुत–प्रेत, ऐठन हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।

भगवानलाई अर्पण गरिएको फूल
सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठ

दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ ।

मुला

सिरानी मुनी राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ भन्ने विश्वास गरिन्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ३४ बजे

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा

एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

बागलुङ– नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच