आज पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

आज पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (बुधबार) बिहान देशभरको मौसम सफा रहेको छ । दिउँसोबाट भने मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमकै केही भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति पनि पूर्वी र पश्चिमी भागमा मेघ गर्जनसहितको पानी पर्ने सम्भावना रहेको छ ।

विभागले अनुमान गरेको ३ दिने मौसमको विवरण यस्तो छ :

जेठ २९ गते (बुधबार)

दिउँसो: देशका पश्चिमी भू-भागहरूमा सामान्यदेखि पूर्ण बदली रहि पूर्वि र मध्य भू-भागहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पुर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। पुर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

जेठ ३१ गते (शुक्रबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : ०५ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका