काठमाडौंका ज्वाइँलाई कांग्रेसको सुझाव– ससुरालीबाट गुठी संस्कारबारे बुझेर मात्र अघि बढ्नुस् ! « Khabarhub

काठमाडौंका ज्वाइँलाई कांग्रेसको सुझाव– ससुरालीबाट गुठी संस्कारबारे बुझेर मात्र अघि बढ्नुस् !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गुठी सम्बन्धी विधेयक संसदमा पेश गरेसँगै यसको चर्को विरोध भइरहेको छ ।

गुठीयारहरुसँग सल्लाह नगरि ल्याइएको र प्रस्ताविध विधेयकले वर्षौंदेखि चल्दै आएको गुठीसम्बन्धी परम्परारालाई सरकारले मास्न खोजेको आरोप लागिरहेको छ ।

बुधबारको संसद बैठकमा पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले गुठी समबन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लिञ्छिवीकालदेखि गुठीको संस्कार अघि बढेको भन्दै अहिलेको सरकारले यसलाई नियन्त्रण गर्न खोजेको बताए ।

‘अहिले समृद्ध नेपाल सुखी नेपाली भनेको कुराले हाम्रो संस्कार, हामीमा भएको सुखी र हामी नेपालीलाई परम्परादेखि गदै आएको कामलाई निस्टुर गर्न खोजेको देखियो’ सांसद भण्डारीले भने ‘यो गुठीको विधेयक फिर्ता लिइयोस्’ ।

उनले वर्तमान सरकारमा रहेका धेरै सांसद र सत्तारुढ नेकपाका धेरै नेताहरु काठमाडौंवासीका ज्वाइँसमेत भएका कारण ससुरालीबाट गुठीका संस्कार बारे जानकारी लिन समेत आग्रह गरे ।

‘सत्तामा रहेकाहरु धेरै समयसम्म काठमाडौंमा बस्नु भएको र कति काठमाडौंबासीका ज्वाइँ खलक पनि भएका कारणले ससुरालीबाट गुठीका संस्कार बारे बुझेर मात्र फेरि छलफल गर्न अनुरोध गर्छु’ सांसद राजभण्डारीले भने ।

नेकपाका शीर्ष नेताहरुको ससूराली काठमाडौंमा रहेको छ र उनीहरुको सम्बन्ध नेवारसमूदायसँग रहेको प्रति सांसद राजभण्डारीको निशाना थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका नेता शंकर पोखरेल, अमृत बोहरा, सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट, लीलामणी पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताको ससूराली काठमाडौंको नेवार समूदायमा पर्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ३७ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक