काठमाडौंका ज्वाइँलाई कांग्रेसको सुझाव– ससुरालीबाट गुठी संस्कारबारे बुझेर मात्र अघि बढ्नुस् ! « Khabarhub

काठमाडौंका ज्वाइँलाई कांग्रेसको सुझाव– ससुरालीबाट गुठी संस्कारबारे बुझेर मात्र अघि बढ्नुस् !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गुठी सम्बन्धी विधेयक संसदमा पेश गरेसँगै यसको चर्को विरोध भइरहेको छ ।

गुठीयारहरुसँग सल्लाह नगरि ल्याइएको र प्रस्ताविध विधेयकले वर्षौंदेखि चल्दै आएको गुठीसम्बन्धी परम्परारालाई सरकारले मास्न खोजेको आरोप लागिरहेको छ ।

बुधबारको संसद बैठकमा पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले गुठी समबन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लिञ्छिवीकालदेखि गुठीको संस्कार अघि बढेको भन्दै अहिलेको सरकारले यसलाई नियन्त्रण गर्न खोजेको बताए ।

‘अहिले समृद्ध नेपाल सुखी नेपाली भनेको कुराले हाम्रो संस्कार, हामीमा भएको सुखी र हामी नेपालीलाई परम्परादेखि गदै आएको कामलाई निस्टुर गर्न खोजेको देखियो’ सांसद भण्डारीले भने ‘यो गुठीको विधेयक फिर्ता लिइयोस्’ ।

उनले वर्तमान सरकारमा रहेका धेरै सांसद र सत्तारुढ नेकपाका धेरै नेताहरु काठमाडौंवासीका ज्वाइँसमेत भएका कारण ससुरालीबाट गुठीका संस्कार बारे जानकारी लिन समेत आग्रह गरे ।

‘सत्तामा रहेकाहरु धेरै समयसम्म काठमाडौंमा बस्नु भएको र कति काठमाडौंबासीका ज्वाइँ खलक पनि भएका कारणले ससुरालीबाट गुठीका संस्कार बारे बुझेर मात्र फेरि छलफल गर्न अनुरोध गर्छु’ सांसद राजभण्डारीले भने ।

नेकपाका शीर्ष नेताहरुको ससूराली काठमाडौंमा रहेको छ र उनीहरुको सम्बन्ध नेवारसमूदायसँग रहेको प्रति सांसद राजभण्डारीको निशाना थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका नेता शंकर पोखरेल, अमृत बोहरा, सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट, लीलामणी पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताको ससूराली काठमाडौंको नेवार समूदायमा पर्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ३७ बजे

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन