समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय जरुरी–मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय जरुरी–मुख्यमन्त्री पौडेल


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।

प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उनले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताए ।

मुख्यमन्त्री पौडेलले भने, “हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।”प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन विपन्न, गरीब, उत्पीडित, पिछडिएका र विकासबाट वञ्चित रहेका समुदायको उन्नयनका लागि तीनवटै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो । दुई दिनसम्म चल्ने सो बैठकमा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ०८ बजे

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान

कुटपिटबाट एक ५० वर्षीया महिलाको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी