समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय जरुरी–मुख्यमन्त्री पौडेल « Khabarhub

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय जरुरी–मुख्यमन्त्री पौडेल


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।

प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उनले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताए ।

मुख्यमन्त्री पौडेलले भने, “हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।”प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन विपन्न, गरीब, उत्पीडित, पिछडिएका र विकासबाट वञ्चित रहेका समुदायको उन्नयनका लागि तीनवटै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो । दुई दिनसम्म चल्ने सो बैठकमा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ०८ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र